लामो समय देखी नेपालमा रामायणको कथा निकै लोकप्रिय छ, तर केही संस्करणहरुमा माता सीताको उत्पत्तिको फरक कथा पाइन्छन् । तिमध्य एक रोचक सीता लंकापती रावणको पुत्री थिइन् भन्ने कथा एकदमै प्रचलीत पाइन्छ । जसलाई तल विस्तारमा प्रस्तुत गरिएको छ,
लंकाको राजा रावण आँफ्नो साथी सोमाली र भाइहरुसँग कुवेरबाट पूष्पक विमान लिएर आउदै गर्दा उनको भेट भगवान शिवसँग हुन्छ । उ शिवसँग यती प्रभावीतहुन्छ की उ उतै शिवको सेवा गर्ने मनले कैलाशको घाँटीमा वस्न थाल्छ ।
यतीकामै उसको भेट एक ऋषि कन्यासँग हुन्छ । जो भगवान विष्णुको पती रुपमा प्राप्त गर्ने उद्दयश्यले तप गरी रहेकी हुन्छिन् । रावण प्रत्येक सन्ध्या उनीसँग भेट गर्न जाने गर्दथ्यो ।
एक दिन उनी जंगलमा कतै जाँदै थिइन् यतीकामै उनको अगाडी एक बडेमानको बाघ आउँछ । उस समय उसको दिमागमा विष्णु नआएर रावण आउछ । उनी रावण रावण…. भनेर कराउँछिन् ।
इश्वरको लिला भनौँ या संयोगवश भनौँ रावण पनी त्यही हुन्छ र उ तुरुन्त आएर खाली हात एउटा बडेमानको रुख उठाएर बाघलाई मार्दछ र उनको रक्षा गर्दछ । यो सब दृश्य देखेर उनी स्तब्ध हुन्छिन् । रावण उनलाई उनको कुटीतक छोड्न भनेर जन्छ ।
जादै गर्दा उनी भन्छीन् “रावण मलाइ लाग्छ मेरो भक्ती अधुरो छ , आज म मर्न पनी सक्थे । यस्तो वेलामा पनी मेरो दिमागमा भगवान विष्णुको ध्यान नआर तिम्रो ध्यान आयो ।” रावण जवाफमा भन्छ “तिमी मेरो साथ देउ म त विष्णुसंग पनी लड्न सक्छु ।” जुन उसले पछी गय्यो पनी ।
उनीहरुको गन्धर्व विवाह हुन्छ । जसबाट एक कन्याको उत्पति हुन्छ । उनै कन्या पछि गएर मा सिता वनीन् भन्ने कथा प्रशस्त सुन्न पाइन्छ ।
जब उनीहरुको विवाह हुन्छ र एक कन्याको जन्म हुन्छ, आमाको मनमा भाव आउछ की ‘यो मैले के गरे । कहाँ भगवान विष्णुलाई प्राप्त गर्न हिडेही कहाँ मैले एक सन्तानको जन्म दिए ।’ यतीकामै उनले विष्णुकै पास जान्छु भनेर चितामा आफ्नो जिवन त्यगीदिन्छीन् ।
यो सव देखेर रावण एकदम व्याकुल हुन्छ । १३ महिना वितीजान्छ । यतीकामै सोमाली र बाँकीका लोग आउँछन् । सोमालीको मनमा एक भाव आउछ, यदी यो कन्या यहाँ रही भने रावण मोहमा आउछ । एक राजाको लागी मोह राम्रो होईन । अझै धेरै कार्य गर्नुछ । उनीहरुले कन्यालाई कतै लगेर जमीनमा पुरीदीन्छन् । जो पछी राजा जनकको मिल्छन् । र पछि भगवान रामसंग उनको विवाह हुन्छ ।
यो कथा रामायणका विभिन्न संस्करणहरूमा पाइन्छ, विशेष गरी दक्षिण भारतीय लोककथाहरूमा सुन्न पाइन्छ ।
