Skip to content

Samir Pangeni

Menu
  • Home
  • Literature
  • Education
  • Religious
  • Loksewa
  • Story
    • English Story
    • Nepali Story
  • English
  • More
    • Perception
    • Poem
    • Jokes
    • Tips
  • Contact
  • About Me
Menu

“सपना, संघर्ष, र सफलता: प्रसादको प्रेरक कथा”

Posted on २ वर्ष अगाडि by admin

प्रसाद, एउटा सानो गाउँमा बस्ने एक सामान्य नेपाली युवक, सधैं सपना देख्थ्यो कि एक दिन ऊ ठूलो मान्छे बन्नेछ। उसँग आफू र आफ्नो परिवारको लागि राम्रो जीवन बनाउने दृढ संकल्प थियो। उसको बाबा खेती गर्नुहुन्थ्यो र आमाले घरधन्दा सम्हालनुहुन्थ्यो ।

प्रसाद सानै उमेरदेखि पढाईमा लगनशील थियो। ऊ हरेक दिन स्कुल जान्थ्यो, गृहकार्य गर्थ्यो, र कक्षामा उत्कृष्ट अङ्क ल्याउँथ्यो। १२ वर्षसम्मको कडा परिश्रम र त्यागपछि प्रसादले राम्रो अंक सहितको परीक्षा पास गर्‍यो। तर, उसको भविष्य त्यति उज्यालो भने थिएन जति उसले सोचेको थियो।

गाउँमा जातीय भेदभाव र धनी, गरिबको दाँजो निकै प्रबल थियो। प्रसादले यस्ता समस्याहरूसँग जुध्दै अघि बढ्ने निर्णय गर्‍यो। उ काठमाडौं गएर आफ्नो परिवार पाल्ने सोचले जागिर खोज्न घरबाट निस्कियो ।

काठमाडौंमा आएर प्रसादले अनेकौँ कम्पनीमा आवेदन दियो, तर त्यहाँ उसले आफुले भनेजस्तो केही कुरा पाएन । शहरको जिवन उसको लाई अत्यन्त नया थियो । एउटा गरीव परिवारको प्रसादलाई विना जागीर काठमाण्डौंमा बस्न अत्यन्तै कठीन थियो । ऊ निराश भयो, जोस धेरै दिन टिकेन। उसले २र३ वर्ष यसो उसो गरी बितायो। तर उसलाई भविष्य र परिवारको चिन्ताले दिनहुँ सताउँथ्यो। लामो समय यसरी बस्न सकिने रहेनछ भन्ने ठानेपछि अब म पनि बिदेश जान्छु र अरुले जस्तो धेरै पैसा कमाउँछु भनेर उ निराश भएर गाउँ फर्कियो ।

विदेश जाने निर्णयको साथसाथै उसले आवश्यक कागजात तयार गर्‍यो र विदेश जाने प्रक्रिया सुरु गर्‍यो। गाउँमा उसका परिवारलाई उसले धेरै सम्झायो कि यो निर्णय सही छ।

विदेशमा आइपुगेपछि प्रसादले रातदिन नभनी काम गर्‍यो। ऊ आफ्नो सपनालाई साकार पार्न हर प्रयास गर्‍यो। तर, त्यहाँको जीवन पनि सहज थिएन। कडा परिश्रम र थोरै आम्दानी, त्यस माथि घर परिवारको याद। प्रसाद रातको अध्यारोमा बस्थ्यो, परिवारको सम्झनामा उसको आँखा आँसुले भरिन्थ्यो। ऊ सोच्थ्यो, ‘के म कहिले यो पीडाबाट मुक्त हुनेछु?

नेपालमा, उसका परिवारलाई प्रसादको पठाएको पैसाले थोरै सहारा मिल्यो। तर, प्रसादको मनमा एउटा दुखाइ थियो। ऊ आफ्नो देशमा पनि यत्तिकै मेहनत गरेर राम्रो जीवन जिउन सक्दैनथ्यो र उसले आफ्नै देश छोड्नुपरेको थियो।

त्यसै बीच, नेपालमा राजनीतिक अस्थिरता, भ्रष्टाचार, बलात्कार जस्ता घटनाहरू बढ्दै गए। जता हेरे उतै ठगीको धन्दा उसले देख्यो । सधै अरुको सहयोग गर्न तयार हुने एक सफा हृदय भएको मन्छे । प्रसादले आफ्नो विदेश बसाइको अन्त्य गरेर आफ्नो देश फर्कने निर्णय गर्‍यो।

ऊ नेपाल आएपछि आफुले विदेशमा गरेको अर्गानिक खेती सम्बन्धी सीपलाई सदुपयोग गर्ने निर्णय गर्यो । सुरुमा त उसले निकै कठिनाई फेस गर्नु  पर्‍यो तर विस्तारै उसको वजार राम्रो हुन थाल्यो । गाउँ टोल समाज हुदै शहर सम्म उसको कार्यको प्रशंसा मिल्न थाल्यो । उसले गाउँका अन्य कृषकहरुलाई पनि आफ्नो देश बनाउ अभियानमा सामेल गरायो।

साथसाथै उसले विचौलियाको मारमा परेको हाम्रो कृषी समाजलाई देखेर शहरमा एउटा नेपाली तर्कारी केन्द्र खोल्ने निर्णय गर्‍याे । जसले धेरै गाउँलेहरुले लाभ लिन सके ।

यसरी निरन्तर अरुको साहारा बन्दै आएको प्रसाद । आफ्नो ठाउँमा एक कृषी सम्वन्धी शिक्षाको खाँचो भएको जानेर  उसले स्थानीय युवामा कृषी  सचेतना फैलाउने काम गर्‍यो। उसले आफ्नो  गाउँका युवाहरुलाई कृषी विषय पढ्न मदत गर्‍यो। जसले गर्दा उसको गाउँको अहिले देशमा मात्र नभएर बिदेशमा पनि चर्चा सुन्न पाईन्छ । देश बिदेशबाट प्रसादको कृषी गाउँ भनेर मानिसहरु घुम्न, कृषी सिक्न तथा रमाउन आउने गर्दछन् ।

जनताको सहारा बनेको प्रसादले अब गाउँमा अन्य कुराको पनि सुधार गर्नुपर्छ भनेर उसले यसपालीको चुनावमा मेयर पदको उमेदवार दिने निर्णय गर्यो । उसको यो निर्णयबाट केहि भ्रष्टहरू वाहेक प्राय सबै अत्यन्त खुसी थिए । यतीकामै निर्वाचनको दिन आयो । जताततै चुनावको लहर बढ्यो । कतै खसि बोका काटिन थाले भने कतै सधैंको जस्ता झुट्टा भाषण हुन थाले । कतै थुपारेर राखेका कालो धन दगुर्न थाल्यो ।

यो सब भ्रष्ट हरुको  नाङ्गो नाच देखेर प्रसादका बाबुआमा चिन्तित हुनुहुन्थ्यो तर प्रसाद भने सत्यको जित हुनेमा ढुक्क थिए । यतीकामै देश विदेशका विभिन्न ठाउँहरूबाट प्रसादलाई जिताउन पर्छ भनेर आउन थाले र अन्तत चुनाव सम्पन्न भयो । प्रसादले ठुलो बहुमतका साथ चुनाब जित्न सफल भए । उनी देशैभरी वाट धेरै मतले चुनाव जित्ने ब्यक्ति बने ।

पहिला तेस्तो दुखी प्रशाद, अहिले यो सब देखेर एकान्तमा घरीघरी उनका आँखा रसाउछन् । उनको आमा बाबु पनि प्रशादको मेहेनत, उसको सफल्ता देखेर गर्व गर्नुहुन्छ । उसलाई सदै यसै गरी सत्यको सथा समाजको छोरा भएर अगाडी बढेश बाबु भनेर आशिर्वाद दिनुहुन्छ ।

प्रसादको यो अभियानले गाउँमा परिवर्तन ल्याउन थाल्यो। उसले उजाड भएको गाउँलाई हराभरा सम्पन्न बनायो । उ सिंगो राष्ट्रको लागी एक उदाहरण बन्न पुग्यो । उसको आँट र दृढ संकल्पले अरु धेरैलाई पनि आत्मबल पुग्यो र उनीहरु पनि विदेशबाट गाउँ आएपछि आफ्नो ठाउँमा योगदान दिन लागे । कसैले आफ्नो विदेशका तीता मिठा अनुभवहरु साझा गरेर सहयोग गरे भने कसैले अरुलाई निस्वार्थ सहयोग गरेर सहयोग गरे ।

यसरी प्रसादले आफ्नो गाउँलाई परिवर्तन गर्न सक्यो। उसले सिकायो कि सपना देख्न र तिनीहरूलाई पूरा गर्न साहस हुनु आवश्यक छ। उसले देखायो कि सही प्रयास र दृढ संकल्पले कुनै पनि अवरोध पार गर्न सकिन्छ।

यसरी प्रसादले आफ्नो जीवनलाई समाजको लागि उदाहरणीय बनाएर राख्यो। ऊ एउटा साँचो नेपाली नायक बन्यो, जसले सपना मात्र देखेन, तिनीहरूलाई साकार पार्न पनि सक्षम बन्यो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *


Hello, and welcome to my blog! My name is Samir Pangeni, and I am thrilled to embark on this blogging journey with you.

नयाँ पोस्ट

  • Things I Want to Change in My Life

    Things I Want to Change in My Life

    २ वर्ष अगाडि
  • “Class XI Physics Mechanics Notes: The Ultimate Guide to Mastering Key Concepts”

    “Class XI Physics Mechanics Notes: The Ultimate Guide to Mastering Key Concepts”

    २ वर्ष अगाडि
  • "Class XI Physics Heat Notes: The Ultimate Guide to Mastering Key Concepts"

    "Class XI Physics Heat Notes: The Ultimate Guide to Mastering Key Concepts"

    २ वर्ष अगाडि
  • Class XI Physics Electricity Notes: The Ultimate Guide to Mastering Key Concepts

    Class XI Physics Electricity Notes: The Ultimate Guide to Mastering Key Concepts

    २ वर्ष अगाडि
  • Notes of Class XI Chemistry: Your Ultimate Guide

    Notes of Class XI Chemistry: Your Ultimate Guide

    २ वर्ष अगाडि

धेरै पढिएको

November 2026
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Dec    

मेरो बारेमा

Hello, and welcome to my blog! My name is Samir Pangeni, and I am thrilled to embark on this blogging journey with you.

I am excited to share this journey with you. Your thoughts, comments, and feedback will be highly appreciated and will help me improve and grow as a blogger.

नयाँ पोस्ट

  • Things I Want to Change in My Life
  • “Class XI Physics Mechanics Notes: The Ultimate Guide to Mastering Key Concepts”
  • “Class XI Physics Heat Notes: The Ultimate Guide to Mastering Key Concepts”
  • Class XI Physics Electricity Notes: The Ultimate Guide to Mastering Key Concepts
  • Notes of Class XI Chemistry: Your Ultimate Guide
November 2026
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Dec    
© 2026 Samir Pangeni